• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एम्बुलेन्समै महिलामाथि बलात्कार, चालक र प्राविधिक पक्राउ


  • धनकुटा खबर
  • .

बिहार । बिहारको गया जिल्लामा होमगार्ड भर्ती प्रक्रियामा सहभागी एक महिलामाथि एम्बुलेन्सभित्रै बलात्कार भएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले एम्बुलेन्सका चालक र प्राविधिकलाई नियन्त्रणमा लिएको छ।

गयाका सहर प्रहरी सुपरिटेन्डेन्ट रामानन्द कुमार कौशलका अनुसार बोधगयास्थित बीएमपी–१७ को परिसरमा होमगार्ड भर्तीका लागि दौड परीक्षण हुँदै थियो। दौडका क्रममा एक महिला उम्मेदवार बेहोस भएपछि उनलाई तत्कालै एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।

‘महिला उम्मेदवार बेहोस भएपछि त्यहाँ उपस्थित प्रहरी र अन्य व्यक्तिहरूको सहयोगमा उनलाई अस्पताल लैजाने व्यवस्था गरियो,’ एसपी कौशलले भने। तर अस्पताल पुगेपछि दिउँसो करिब २ : ३० बजे ती महिलाले एम्बुलेन्समा बलात्कार र दुर्व्यवहार भएको आरोप लगाएकी हुन्।

उनले घटनाको जानकारी पाउने बित्तिकै प्रहरी सक्रिय भएको बताए। ‘दुवै शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरियो। तर उनीहरूले सन्तोषजनक जवाफ दिन सकेनन्,’ एसपी कौशलले बताए। पीडित महिलाले दुवै आरोपितलाई सिधै पहिचान गरेकी थिइन्।

यस घटनाले बिहारको राजनीतिक वृत्तमा पनि तरङ्ग ल्याएको छ। राजद नेता तथा पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवले सामाजिक सञ्जालमार्फत सरकारमाथि आक्रोश व्यक्त गरेका छन्। ‘के तपाईं यसलाई बिहारमा राक्षसी शासन भन्नुहुन्छ ?’ भन्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतिश कुमारलाई ट्याग गर्दै प्रश्न गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖