• Tuesday 27th of October 2026

भेटवार्ता गर्दै प्रचण्ड–माधव


  • धनकुटा खबर
  • .

काठमाडौँ । समाजवादी मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल हुने भएको छ ।

दुई नेताबिच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुन लागेको हो ।

‘दुई नेताबिच सिंहदरबारमा ३ बजे छलफल गर्ने तय भएको छ’, अध्यक्ष नेपालनिकट स्रोतले भन्यो, ‘छलफलको विषय प्रस्ट थाहा भइसकेको छैन ।’

स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक बोलाउने र यसअघि मोर्चाले गरेका कार्यक्रमबारे समीक्षा हुनसक्नेछ । गत चैत महिनायता मोर्चाको बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖