• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भत्ता पाएपछि एकै परिवारका १६ जना सम्पर्कबिहीन, खोज्दै प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट एकै परिवारका १६ जना सम्पर्कबिहीन भएका छन् ।

गत शुक्रबारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कबिहीन भएको सूचना आएको सिन्धुलीका प्रहरी उपरीक्षक(एसपी) लालध्वज सुवेदीले बताए ।

साउन ८ मा (बिहीबार) स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उनीहरुले प्रतिव्यक्ति ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए ।

बेपत्ता हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित छन् । उनीहरूको खोजीमा प्रहरी परिचालन गरिएको एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘सो क्षेत्रमा विपद्को घटना पनि भएको छ, उहाँहरुको खोजी हुँदै छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖