काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएका मध्ये एक जना सम्पर्कमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौँमा बस्ने हायू परिवारकी माइली छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् ।
सोमबार गाउँपालिकाले सुजाता सहित हायू परिवारका १६ जना बेपत्ता भएको भन्दै उनीहरूको नामावली सार्वजनिक गरेको थियो । गत शुक्रबारदेखि हायू परिवार बेपत्ता छ ।
