• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बेपत्ता भएका १५ जना पोखरा पुगेको खुलासा


  • धनकुटा खबर
  • .

केही दिनदेखि बेपत्ता रहेका सिन्धुलीको गोलन्जोर–६ का हायू परिवारका सदस्यहरू पोखरामा देखिएका छन्। उनीहरू गत शनिबार पोखराको न्युरोडस्थित होटल जननीमा पुगेको खुलेको छ।

होटल सञ्चालक सुनिल भूर्तेलका अनुसार उनीहरू शनिबार आएर आइतबार नै होटलबाट चेक आउट गरेका थिए। “तीनवटा कोठा लिएर बसेका थिए,” भूर्तेलले भने, “१५/१६ जना जस्तै देखिएका थिए, यकिन संख्याबारे पुष्टि गर्दैछौं।”

उनीहरूले होटल छाडेपछि सञ्चालकले उक्त विषयमा प्रहरीलाई जानकारी गराइसकेका छन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖