• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हायू परिवारका सबै सदस्य फेला, गाडी रिजर्भ गरेर पोखरा आएका थिए


  • धनकुटा खबर
  • .

पोखरा । केही दिनदेखि हराएका भनिएका हायू परिवारका सबै सदस्य गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएका छन् ।

उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए ।

’हामी लेबर काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,’उनले भने, ’सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ ।

उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको देखिन्छ प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू हिजो (एक दिन अघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।

’उनीहरू १४–१५ दिन बस्ने योजनाले आएको भन्ने बुझिएको छ । सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर आएका रहेछन्,झ ओलियाले भने । होटलबाट निस्किएको भोलिपल्टै उनीहरूलाई प्रहरीले फेला पारेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖