• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एकाबिहानै नारायणी नदीमा हामफालेर २० वर्षीय युवक बेपत्ता


  • धनकुटा खबर
  • .

नवलपुर । चिनवनस्थित नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन् ।

मंगलबार बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर झण्डै २० वर्षका एक युवक बेपत्ता भएका प्रहरीले जनाएको छ ।

युवकले नदीमा फाल हानेको जानकारी पाएपछि पुगेको प्रहरीले उनको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी यादव ढकालले जानकारी दिए ।

बेपत्ता युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आईआरटी पोस्टबाट ७ जनाको टोली परिचालन भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖