• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यसरी भयो प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक


  • धनकुटा खबर
  • .

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री होरा सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ ।

दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । कैलाली जानकी गाउँपालिका-९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री आउँदैछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖