• Tuesday 27th of October 2026

नेपाल आइपुगे कालीबाबा , भोलिबाट वनकालीमा महायज्ञ सुरू हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं। श्री १००८ महामण्डलेश्वर स्वामी कालीदास (कालीबाबा) नेपाल आएका छन्। साउन १४ गते भोलि (बुधबार) देखि २४ गतेसम्म हुने श्री दशममहाविद्या रूद्रहवन महायज्ञका लागि कालिबाबा नेपाल आइपुगेका हुन्।

उनी पशुपतिको बनकालीमा बसेका छन्। कालिबाबालाई स्वामी गोकुलानन्दले स्वगात गरेर हंसमण्डपमा पुऱ्याए। सिद्ध योगी अन्तर्राष्ट्रिय संतयज्ञ सम्राट महाडलेश्वर कालिदासजी महाराजको उपस्थितिमा विशाल महायज्ञ हुन गइरहेको महायज्ञ मूल समारोह समितिले जनाएको छ।

त्यसका लागि आवश्यक तयारी भइरहेको समितिको भनाइ छ। हंसमण्डप, बनकाली, देवपत्तनमा उक्त महायज्ञको आयोजना हुन लागेको दशममहाविद्या रूद्रहवन महायज्ञ मूल समारोह समितिका संयोजक अशोक गौतमले जानकारी दिए।

साउन १४ गते ९भोलि० बिहान ७ बजे मैतीदेवी मन्दिरबाट कलशयात्रा सुरू हुने समितिले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖