रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दिया जिल्ला सभापति विपिन पाैडेलको मृत्यु भएको छ । व्यक्तिगत रुपमा सिंगापुर भ्रमणमा रहेका उनको गयराति मृत्यु भएको रास्वपा लुम्बिनीका अध्यक्ष देवराज पाठकले बताए ।
‘व्यक्तिगत भ्रमणकैत्र क्रममा सिंगापुरमा जानुभएको थियो, उतै बिरामी भएर होटलमै यस्तो घटना आयो, भोलि १५ गते फर्कने टिकट थियो १ गते जानुभएको हो’, उनले भने ।
बर्दिया बाँसगढीमा स्थापित उद्यमी रहेका पौडेल ४६ वर्षको थिए । रास्वपामा पहिला प्रदेश सदस्य, जिल्ला संयोजक हुँदै पछि सभापतिको जिम्मेवारीमा रहेर राम्रो काम गरेको पाठकले बताए ।
विदेशमा मृत्यु भएकाले शव ल्याउन धेरै प्रकृया पूरा गर्नुपर्ने भएकाले ढिलाई भइरहेको उनले बताए ।
