• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

घट्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं, साउन १५ । नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 

आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ९८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ४६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖