• Tuesday 27th of October 2026

राजनीतिक आडमा पटकपटक गुण्डागर्दी गर्दै आएका सानुभाइ यसरी परे पक्राउ


  • धनकुटा खबर
  • .

राजनीतिक आडमा पटकपटक गुण्डागर्दी गर्दै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले राति ठमेलबाट पक्राउ गरेको छ ।

गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् ।

उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मा’रिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए । पहिलेपनि उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।

उनी नेपाली कांग्रेस निकट मानिन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖