• Tuesday 27th of October 2026

बालुवाटारमा दुई दलको बैठक, मन्त्री हेरफेरबारे छलफल नै भएन


  • धनकुटा खबर
  • .

काठमाडौँ । मन्त्री हेरफेर लगायत सरकारका काम कारबाहीबारे छलफल गर्न सत्ता साझेदार एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटार छलफल सकिएको छ । दुई दलका शीर्ष नेता सहभागी बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे छलफल नै नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

नेता खड्काका अनुसार छलफलमा सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुङ्ग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे छलफल भएको छ ।

‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश पनि भएन, छलफल पनि भएन त्यो विषयमा कुनै चर्चा नै भएन’, खड्काको भनाइ छ । उनले बागमती सरकारबारे सामान्य समीक्षा भएको छ । ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो, त्यो विषय कांग्रेसको भएकाले कांग्रेसले नै मिलाउँछ एमालेले सहयोग गरिरहेकै छ भन्ने भयो’, खड्काले भने, ‘हामीले बागमतीको समस्या चाँडै हल गर्छौ भन्यौ ।’

त्यसबाहेक समग्र सरकारको परफमेन्सका बारेमा छलफल हुँदा काम कारबाही प्रभावकारी बनाउने, बजेट कार्यान्वयनलाई गति दिने लगायतमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖