• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यी सिन्धुलीका माओवादी युवा नेता मोटरसाइकल चोरीमा दोषी ठहर भएपछि भए जेल चलान


  • धनकुटा खबर
  • .

सिन्धुली । मोटरसाइकल चोरीमा अदालतबाट दोषी ठहर्‍याइएका मरिण गाउँपालिका- ४ वडा कमिटी अध्यक्ष टिकाराम स्याङ्तान जेल चलान भएका छन् ।

३ वर्षअघि २ वटा २२० सीसी पल्सर बाइक चोरीको अभियोगमा उच्च अदालत पाटनले दोषी ठहराएपछि उनी फरार थिए । सिन्धुली प्रहरीले पक्राउ गरेर उनलाई बुधबार जिल्ला अदालत सिन्धुलीमा बुझाएको थियो । टिकारामलाई हिजो नै कारागार चलान गरिएको श्रेस्तेदार विदुरप्रसाद कोइरालाले बताए ।

स्थानीय खयरसाल माविका विव्यस अध्यक्षसमेत रहेका ३४ वर्षीय स्याङ्तान माओवादी नेता एवं सांसद राजन दाहालका विश्वास पात्र मानिन्छन् । सिन्धुली जिल्ला अदालत र उच्च अदालतको फैसलाअनुसार पक्राउ गरेर सजाय भुक्तानको प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले नेपाल प्रेसलाई बताए ।

२०७९ मा दुई थान मोटरसाइकल चोरीको अभियोगमा २५ दिन हिरासत बसाइपछि स्याङ्तान धरौटीमा छुटेका थिए । पछि जिल्ला अदालतबाट मुद्दा हारेपछि उच्च अदालत गुहारेका उनलाई उच्चले जिल्लाकै फैसलालाई सदर गरेको थियो ।-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖