काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीमा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने श्रृङखला बढेको छ ।
पार्टी संरक्षक रेशम चौधरी पक्षधरले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसहित नरहने गरी अध्यक्षबाट हटाएको घोषणा गरेको दुई दिन नबित्दै रञ्जिताले संसदीय दलका नेता समेत रहेका सांसद गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेकी छन् ।
श्रेष्ठले बिहीबार पार्टी हित विपरीत तथा विधान र राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भन्दै नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।
उनले पार्टी विधान उल्लङ्घन गरेर बैठक बोलाउने लगायतका कार्य किन गरेको आरोप समेत चौधरीलाई लगाएकी छन् ।
केही दिन अघि मात्र अध्यक्ष श्रेष्ठले स्वास्थ्य अवस्था देखाउँदै शिव बाँस्तोलालाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।
