• Monday 26th of October 2026

जनयुद्धका प्रथम सहिदको फोटो फ्रेमसहित विप्लव भेट्न पुगे किराती


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किराती र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

विप्लव भेट्न किराती आज ललितपुरस्थित उनको निवास हात्तिवन पुगेका थिए । भेटका क्रममा नेता किरातीले विप्लवलाई जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो फ्रेम गरिएको आँखिझ्याल प्रदान गरे । भेटमा समसामयिक विषयमा छलफल भएको किरातीले बताए ।

‘जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो आँखिझ्यालको फ्रेममा राखेर दिएँ । आँखिझ्यालबाट नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनलाई महासचिव विप्लवले कसरी चिहाउनुभएको छ ?

सहिदको सपनाको बाटोमा अब हामी के गर्छौं, त्यो अभिभारालाई हामीले कसरी पूरा गर्छौंलगायतका बहुआयमिक अर्थ यसमा छ,’– रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖