काठमाडौं, १७ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक इतिहासमा मोरङ जिल्लाले ठूलो योगदान दिएको स्मरण गराएकी छिन् ।
आज (शनिबार) काठमाडौंमा मोरङ समाज काठमाडौंले आयोजना गरेको हरितालिकाविशेष समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले मोरङ जिल्लाबाट देशमा सबभन्दा धेरै व्यक्तित्व प्रधानमन्त्री भएको बनेको पनि बताईन् ।
उनले भनिन्,‘देशलाई सबैभन्दा धेरै प्रधानमन्त्री दिने जिल्लामा मोरङ पर्दछ, यो भनेको मोरङवासीको लागि पनि गौरवको काम हो ।’ दिगो विकासको धारणाअनुसार र नयाँ पुस्ताको लागि काम गर्न पनि उनले सुझाव दिइैन् ।
उनले नेपालको शिक्षा प्रणालीबारे गम्भीरतापूर्वक हेर्नुपर्नेमा सुझाव दिईन् ।
