• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बाराको नौतन स्थित पार्किङ गरी राखेको एउटा बसमा आगलागी


  • धनकुटा खबर
  • .

बाराको नौतन स्थित पार्किङ गरी राखेको एउटा बसमा आगलागी भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ५ सानो नौतन स्थित एउटा घर नजिकै पार्किङ गरि राखेको ना ६ ख ४९८१ नम्बरको बसमा आफै ब्याट्रीको तार सर्ट भई आगलागी हुदाँ घरको झ्याल र ढोका समेत जलेको थियो।

आगलागीमा बस र घर जलेर ५१ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीको टोली, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।-खोज केन्द्र न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖