• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साक्षी बनेर बयान दिनेले नै घुस दिएको भेटिएपछि


  • धनकुटा खबर
  • .

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षी भएर विशेष अदालतमा बयान दिने व्यक्तिविरूद्ध नै मुद्दा दर्ता गरेको छ।

साक्षी भनिएका बाँके कोहलपुर नगरपालिका बस्ने डम्बरबहादुर बुढाथोकीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार सरकार प्रतिवादी रतनबहादुर जिसीसमेत भएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा चलिरहेको छ।
सोही मुद्दामा सरकारी साक्षी बनेर बुढाथोकीले बयान दिएका थिए।

तर बुढाथोकीले पनि घुस दिएको देखिएपछि उनीविरूद्ध मुद्दा चलाइएको हो।

बुढाथोकीले पनि जग्गाको मोठ भिडाउन सहजीकरण गरिदिन शान्ति पुन (बिचौलिया) रतनाबहादुर जिसी, हरिचन्द पाण्डे तथा घनश्याम तिवारीलाई २० हजार रूपैयाँ घुस दिएको अख्तियारको आरोप छ।

उनले २०८२ असार २६ गतेका दिन अनुसन्धान अधिकृत समक्ष बयान प्रतिकूल हुनेगरी बकपत्र दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖