• Monday 26th of October 2026

माओवादीमा पासाङलाई दिइयो छैटौँ वरीयता ,कुन नेतालाई कुन वरियता?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई छैटौँ वरीयता दिएको छ ।

यसअघि माओवादीले पुनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो । माओवादीको स्थायी कमिटी बैठक चलिरहेका बेला पुनलाई छैटौँ बरीयतामा राखेर पार्टीको वेभसाइटमा राखिएको छ ।

माओवादीमा पहिलो वरियतामा अध्यक्ष प्रचण्ड, दोस्रोमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तेस्रोमा उपाध्यक्ष कृष्णबहादुर महरा, चौथोमा उपाध्यक्ष अग्नि सापकोटा, पाचौँ वरियतामा उपाध्यक्ष पम्फा भुसाल रहेका छन् ।

भुसालपछि पुनको वरियता कायम गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖