• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ज्यान मार्ने कसुरमा वडा अध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । तारकेश्वर नगरपालिका- ११ का वडा अध्यक्ष कविराज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

गत २३ असारमा तारकेश्वर ११ र काठमाडौं– १६ बीच भएर बग्ने महादेव खोलाको विवादको विषयलाई लिएर ज्यान मार्ने कसुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालाजु प्रहरी वृत्तका अनुसार बस्नेतलाई आज बिहान पक्राउ गरिएको हो । उनीविरुद्ध सोमबार किटानी जाहेरी परेको थियो ।

प्रहरीका अनुसार दुई पक्षीय झडपमा बस्नेतसहितको समूहको आक्रमणमा परेर काठमाडौं– १६ का स्थानीय ३९ वर्षीय दिनेश श्रेष्ठ गम्भीर घाइते भएका थिए । अन्य चार जना सामान्य घाइते भएका थिए ।

वडा अध्यक्ष बस्नेतसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप बयानका लागि सरकारी वकिलको कार्यालय लिएर जाने तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖