• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

महिलालाई बन्धक बनाएर बलात्कार आरोपमा दुई जना ३ महिनापछि पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । पर्सामा ३४ वर्षीया महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने आरोपीहरूलाई प्रहरीले ३ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–२ घर भएका ४० वर्षीय नेक महमद र रौतहट भएर भएर वीरगञ्ज बस्ने २१ वर्षीय अफताव अन्सारी छन् ।

उनीहरूले २०८२ वैशाख २० मा गोठबाट फर्किँदै गरेकी महिलालाई बाटोमा घेरा हालेर अपहरण गरेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले बताए ।

आरोपीहरूले पीडितलाई वीरगञ्जको बसपार्क स्थित गणेश होटलमा लगेर बलात्कार गरेका हुन् । ३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेर पीडितलाई उनीहरूले वैशाख २३ मा बिहान घडिअर्वा पोखरीमा ल्याएर छाडेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मंगलबार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए । आरोपीहरूमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ ।

आरोपी नेक महमदले वीरगञ्ज महानगरपालिका–१३ स्थित राधेमाईमा मोटरसाइकल वर्कशप सञ्चालन गरेका छन् । अर्का आरोपी अफताव अन्सारी सो वर्कसपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖