• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।

आजको दिन सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलवार सुनको मुल्य तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

साथै, चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २३ सय ५ रुपैयाँ कायम भएको छ भने मंगलवार चाँदी तोलामा २२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖