• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

धनुषाको दुहबीमा चल्यो गोली


  • धनकुटा खबर
  • .

धनुषा जिल्लाको विदेह नगरपालिका–२ अन्तर्गत पर्ने दुहबी बोर्डर क्षेत्रमा सशस्त्र प्रहरीले बुधबार साँझ दुई राउन्ड गोली प्रहार गरेको छ।

भारतबाट अवैध रूपमा सामग्री भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल (एपीएफ) को टोली परिचालन गरिएको थियो। एपीएफका अनुसार साँझ करिब ८ बजे नेपाल–भारत सीमा क्षेत्रको दसगजामा तस्करी गतिविधि भइरहेको जानकारी पाएपछि टोलीले निगरानी तीव्र पारेको थियो।

तस्करी नियन्त्रणको प्रयास गर्दा अवस्था तनाबग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको सशस्त्र स्रोतले जनाएको छ। प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो।

गोली प्रहारबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ। सशस्त्र प्रहरीले तस्करी रोक्न चेतावनीस्वरूप मात्रै गोली चलाइएको दाबी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖