काठमाडौँ । एमाले निकट युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
सोमबार बसेको युवा सङ्घको पदाधिकारी बैठकले खरेल र राईलाई निष्कासनको निर्णय गरेको प्रवक्ता निरोज पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि दुवैलाई निलम्बन गरेकोमा अहिले निष्कासन नै गरेको हो ।
