• Monday 26th of October 2026

नेपाली कांग्रेसका नेता गोकुल सापकोटा रास्वपामा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

शुक्रबार रास्वपा केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सापकोटाको पार्टी प्रवेश गरेको जानकारीसहित बैठकका अन्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

सापकोटाले पुराना दलहरू देश विकास र सुशासनको मुद्दामा पूर्ण रूपमा असफल भएको भन्दै आफूले नयाँ विकल्प रोजेको बताए । ’मैले विद्यार्थीकालदेखि कांग्रेसमा रहेर राजनीति गरेँ। व्यवस्थाहरू पनि परिवर्तन भए तर जनताको अवस्था फेरिएन,’ सापकोटाले भने, ’राजनीति गलत ट्र्याकमा गइरहेको र असल नागरिकले न्याय नपाउने अवस्था आएपछि देशका लागि केही गर्नुपर्छ भनेर रास्वपासँग जोडिएको हुँ।’

पत्रकारको प्रश्नमा उनले कांग्रेस लगायतका दलहरूले घोषणापत्रमा राम्रा कुरा लेखे पनि कार्यान्वयनमा चुकेको र पार्टी सही बाटोमा हिँड्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖