• Monday 26th of October 2026

कैदीबन्दीको झडपले सेती अस्पतालको इमर्जेन्सी वार्ड ‘रक्ताम्य’, एकजना आईसीयूमा


  • धनकुटा खबर
  • .

कैलाली । कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ ।

कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो ।

आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् । उनीहरुले घाइते भेट्न पाउनु पर्ने बताएका छन् । मिडियालाई पनि अस्पतालभित्र जान दिइएको छैन ।

केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । घाइते भएका ४७ जना कैदीबन्दीलाई अस्पताल भर्ना गरिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖