पश्चिम नवलपरासीको सुनवल–७ कजरार खोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका १२ वर्षीय सुदिप घर्ती मृ,त फेला परेका छन् ।
सुनवल–१२ निवासी घर्ती बिहीबार साँझ ४ बजेबाट बेपत्ता भएका थिए ।
उनको शव घटनास्थलबाट करिब ३ किलोमिटर तल आधा शरीर पानीमा र आधा शरीर बालुवामा पुरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिएका छन् ।
