• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो


  • धनकुटा खबर
  • .

काठमाडौं। कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडपमा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ। सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई थप उपचारका लागि नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याइएको हो।

शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए। उक्त झडपपछि आज गृहमन्त्री रमेश लेखकले गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुखसहित घटनाको समग्र अवस्थाबारे जानकारी लिएका थिए। साथै परिस्थिति सहज बनाउने विषयमा बैठकमा छलफल भएको उनको सचिवालयले जनाएको छ।

‘कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्’, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘झडपमा परी घाइते भएका अन्य घाइतेको उपचारको प्रबन्ध मिलाइएको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖