• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जिप दुर्घटनामा ज्यान गुमाउने राधा स्वास्थ्य केन्द्रकी इन्चार्ज


  • धनकुटा खबर
  • .

रामेछापको मन्थली –७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्ज ४० वर्षीया राधा कार्की चौहान र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत ४४ वर्षीय उत्तम चौहान हेटौँडामा अध्ययनरत छोरालाई भेट्न आइतबार बिहानै घरबाट निस्किए।

तर, चौहान दम्पती सवार बा१३ च ३९३५ नम्बरको स्कारपिओ मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा सडकबाट खस्यो।

दुर्घटनामा राधाको घटनास्थलमै मृत्यु भयो भने उनका पति उत्तम गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

डबलक्याप स्कारपिओ जीप सडकबाट करिब तीन सय मिटर तल बोक्से भिरमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए।

घाइते उत्तमलाई रामेछापमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖