• Monday 26th of October 2026

कैलाली कारागारभित्र अझै पस्न सकेनन् सुरक्षाकर्मी


  • धनकुटा खबर
  • .

एक जना कैदीको मृत्यु हुने गरी कैलाली कारागारभित्र भएको कैदी बन्दीबिचको झडपपछि कैलाली कारागार अझै सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन। यद्यपि अवस्था भने सामान्य भइसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोगनबहादुर हमालले दाबी गरे।

‘स्थिति हिजो जस्तो छैन। अवस्था सामान्य भइसकेको छ,’ सिडिओ हमालले भने, ‘अहिले कैदीबन्दीहरूले आफन्त र परिवारजनसँग भेटघाट गरिरहनुभएको छ।’

तर कारागारको भित्री परिसरमा सुरक्षाकर्मी भने पसिनसकेको उनले बताए। ‘कारागारभित्र पहिले मानवअधिकारवादीलगायत सरोकारवालाको टोली गएपछि मात्रै सुरक्षाकर्मी पठाउने हाम्रो तयारी छ,’ उनले भने।

शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूले कारागारको भित्री भाग पूर्ण रूपमा कब्जा गरेका थिए। मूल गेटमा घरेलु हातहतियार र ढुंगामुडासहित कैदी बन्दी बसेपछि सुरक्षाकर्मीहरू भित्र पस्न सकेका थिएनन्। यस्तै कैदीबन्दीहरूले ग्यास सिलिन्डर पड्काएर जेलमै आगो लगाइदिने धम्की दिइरहेका थिए। सिडिओ हमालले नै कैदीबन्दीहरूले गेटमा प्रेसर कुकर बम लिएर बसेको प्रतिक्रिया दिएका थिए।

आइतबार उनले अवस्था सामान्य भने पनि कैदी बन्दीहरूको आक्रोश अझै नघटेको स्रोत बताउँछ। आफन्त र मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधिसँग कुरा गर्न चाहे पनि उनीहरूले सुरक्षा निकायलाई ‘इन्टरटेन’ गरेका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖