• Monday 26th of October 2026

यी ३ जनाले बुझाएका थिए रविको लागि बिगोबराबर बैंक जमानत


  • धनकुटा खबर
  • .

रुपन्देही — सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागको बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका छन्।

२०८२ साउन १९ गते रुपन्देही जिल्ला अदालतमा दर्ता गरिएको निवेदनमा उनले पदीय गरिमा र जिम्मेवारीका कारण उक्त रकमको ग्यारेन्टी दिएको उल्लेख छ। अदालतमा पेश भएको कागजातअनुसार, शंकरप्रसाद श्रेष्ठ, रामानन्द घिमिरे र मनोहर प्रधानले क्रमशः १ करोड ५० लाख, ९४ लाख ८४ हजार र ३० लाख बराबरको प्रभु बैंक ग्यारेन्टी उपलब्ध गराएका हुन्।

लामिछानेले सहकारीका बचतकर्ताले यथाशीघ्र आफ्नो रकम पाउनुपर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्। उनले यस कदमलाई आरोपको स्वीकारोक्ति नभई पीडितको रकम सुरक्षित गर्न गरिएको भन्दै आफ्नो कानुनी लडाइँ जारी रहने बताएका छन्।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेविरुद्ध रुपन्देहीसहित कास्की, काठमाडौं, चितवन र पर्सामा पनि मुद्दा विचाराधीन छन्। कास्कीमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ। सांसद पद निलम्बनमा परेका उनले पार्टीमा सभापति र संसदीय दलको नेताको जिम्मेवारी कार्यवाहकलाई दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖