• Monday 26th of October 2026

राजिनामा दिदै रामहरी खतिवडा


  • धनकुटा खबर
  • .

काठमाडौं — प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानबिन प्रतिवेदनमा जिम्मेवार देखिएपछि राजीनामा दिने तयारी गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्न सभामुख देवराज घिमिरेसँग समय मागेका खतिवडाले, बैठक शुरु हुनुअघि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग पनि भेटवार्ता गरेका थिए।

समितिले खतिवडालाई आफ्नो समन्वयकारी भूमिका कमजोर भएको र परिमार्जित मस्यौदा प्रतिवेदन सदस्यहरूसँग छलफल नगरी अनौपचारिक बैठकबाट तयार पारेर समयमै समितिमा पेश नगरेको उल्लेख गरेको छ।

प्रतिवेदनमा भनिएको छ कि खतिवडाले हस्ताक्षर गरे तापनि जिम्मेवार भूमिका निभाउन सकेनन् भने समितिका सचिव सुरजकुमार दुराले पनि आफ्नो जिम्मेवारी पूरा नगरेको ठहर गरिएको छ।

यस्तै, मुख्यसचिव र अन्य कर्मचारीहरूले कुलिङ अफ पिरियडको विषय हटाउन समूह बनाएर सार्वजनिक रूपमा लबिङ गरेको र विपक्षमा देखिनु पदीय आचरणको विपरित रहेको प्रतिवेदनमा उल्लेख छ।

राज्य व्यवस्था समितिमा देखिएको यो विवादले राजनीतिक तहमा प्रभाव पार्ने देखिन्छ। सभापति खतिवडाले राजीनामा दिएपछि यस विषयमा संसद्मा थप छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖