काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार अपराह्न विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसकै बहादुर सिंह लामा तामाङ पक्षधर सांसदले असहयोग गरेको छ।
बहादुर पक्षका १३ जना सांसद मोबाइल स्विच अफ गरेर काठमाडौँमै बसेका हुन् ।
रातोपाटीले बहादुर पक्षका केही सांसदलाई सम्पर्क गर्दा उनीहरुको मोबाइल स्विच अफ रहेको छ ।
आफ्नो पक्षबाट तीन जना मन्त्री नियुक्त गरिनुपर्ने बटमलाइनमा रहेको पूर्वमुख्यमन्त्री लामा पक्षले सो माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नै नदिने अडान लिएको हो ।
बानियाँले बहादुर सिंह लामा पक्षधरको असहयोगकै बीच विश्वासको मत लिइछाड्ने बताएका छन् ।
