काठमाडौं । कारागार कार्यालय रुपन्देहीले रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखी सकिएको जानकारी दिएको छ ।
कारागारका अनुसार लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहको अलग्गै एउटा कोठामा राखिएको हो । कारागारले उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको तथा उनलाई प्रारम्भ देखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम रहेको जनाएको छ ।
कारागार प्रशासकले कारागारमा कुल २५० जना बन्दी राख्ने क्षमता रहेकोमा हाल ६४० जना बन्दी रहेका छन् । क्षमता भन्दा तीन गुणा बढी बन्दीहरू रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अति उत्तम परिचालन गरी कानुन बमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको बताएको छ ।

