• Monday 26th of October 2026

आज काठमाडौँ उपत्यका र आसपासकासहित यी २२ जिल्लामा आकस्मिक बाढीको जोखिम


  • धनकुटा खबर
  • .

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ३०, शुक्रबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ।

बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

यसका अलावा आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम-पश्चिम, कालिकोट, बाजुरा, बाझाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम सम्भावना छ।

बाढी महाशाखाले उल्लिखित २२ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै बाढीको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖