• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालगञ्जमा चल्यो गोली


  • धनकुटा खबर
  • .

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ।

लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए।

‘लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन्,’ उनले भने। दुई जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताए।

प्रहरीले नेपागञ्ज उपमहानगरपालिका– ५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्र्तिक कुमारलाई पक्राउ गरेको हो।

प्रहरीले कार्तिक कुमारको खुट्टामा गोली लागेको जनाएको छ। उनको दायाँ खुट्टामा गोली लागेको छ। लागुऔषध कारोवारीले प्रहार गरेको इँटा लागेर एकजना प्रहरी घाइते भएका छन्।

घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖