• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सानुभाइ सहित चार जनालाई धरौटीमा रिहा गर्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । सानुभाइ भनिने युवराज गुरुङसहितका चार जना धरौटीमा रिहा गर्न अदालतले आदेश दिएकाे छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले शुक्रबार उनीहरूलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

सानुभाइलाई २५ हजार र अन्य तीन जनालाई २० हजार धरौटीमा रिहा गर्न आदेश भएको हो ।ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा उनीसहित दिलकुमार तुम्बापो, रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।

गत १४ गते ठमेलकै नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोप पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖