• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कुवेतमा अवैध मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो


  • धनकुटा खबर
  • .

यूएई । कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै अवैध विषादी युक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको पूर्ण विवरण अझै नखुले पनि १६ जना नेपालीको ज्यान गएको जनाएको छ ।

‘१६ जना नेपाली नागरिक रहेको आधिकारिक जानकारी प्राप्त भयो, ज्यान गुमाउनेहरूको नेपालको ठेगाना र कम्पनी विवरण प्राप्त भइसकेको छैन ‘ पत्रकार महासंघका कुवेत शाखा अध्यक्ष राज मल्लले भने ।

कुवेतमा शुक्रबार सार्वजनिक बिदा परेकोले थप विवरण प्राप्त हुन समय लागेको हो, नेपाल प्रेससँग कुरा गर्दै मल्लले भने ।-उमाकान्त पाण्डे/नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖