• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

शिक्षकमाथि गोली प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्लाहीको हरिपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा सवार शिक्षकमाथि अज्ञात समूहले गोली प्रहार गरेको मधेश प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

घाइते हुनेमा हरिपुर्वा नगरपालिका–६ का शिक्षक अन्दाजी ५० वर्षीय रामपुकार यादव रहेका सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले पुष्टि गरे ।

उनका अनुसार घाइते यादवलाई उपचारार्थ महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पताल लगिएको छ ।

मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा दुर्घटनामा परेको बुझिएको डीएसपी राईले बताए ।

घटनास्थललाई सिल गरेर अहिले थप अनुसन्धानको काम अघि बढाइएको छ । अज्ञात समूहको खोजीकार्य भइरहेको मधेश प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖