काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङले पूर्व पत्नीलाई कुटपिट गरेका छन् ।
ललितपुरको हात्तिवनमा रहेको डेरामा गएर उनले पूर्वपत्नी शुभद्रा दाहाललाई कुटपिट गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरङ गुरुङले केही समयअघि दाहालसँग सम्बन्धबिच्छेद गरेका थिए । आफ्ना बच्चाहरूसँग बस्दै आएकी दाहाललाई शुक्रवार साँझ उनले रगतपच्छे हुने गरी कुटपिट गरेको आरोप छ । दाहालले आफ्नो फेसबुक पेजमा रगतपच्छे भएको फोटो राखेर सहयोगको याचना गर्दै लेखेकी छन्, ‘हेल्प मि, गुरुङबाट म कुटिएँ ।’
घटनाबारे आफूकहाँ जानकारी नआएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । उनले भने, ‘घटनाको जानकारी मलाई छैन, कसैले अवाञ्छित गतिविधि गरेको भेटे कानुन बमोजिम गर्छु ।’
