• Monday 26th of October 2026

सिसा छिचोलेर हेर्दा पनि ‘रवि हाँसेकै छन्’


  • धनकुटा खबर
  • .

काठमाडौं– जेल सरुवा गरी काठमाडौं ल्याउन रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा विमानस्थल लैजाँदै गर्दा प्रहरीको भ्यानभित्र देखिएका रविमा कुनै उदासीपन देखिएन।

त्यो रुन्चे हाँसो हो कि होइन ठम्याउन कठिन देखिए पनि रवि हाँसेकै छन्। उनलाई भेटेर आउने नेतादेखि अन्य व्यक्तिले गरेका ब्याख्याको झझल्को सिसाभित्रको ‘फ्रेन्च कटिङ’ दारीबीच देखिएका हँसिला दन्त्य लहरले देखायो।

शुक्रबार मात्र कारागार व्यवस्थापन विभागले उनले जेल सरुवाका लागि दिएको निवेदनलाई कार्यान्वयन गरी भैरहवा जेलबाट ललितपुरस्थित नख्खु कारागारका पठाउने निर्णय गरेको थियो।

सोही निर्णयपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा टोलीले भैरहवाबाट उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा पठाउन भैरहवा विमानस्थल पुराएको थियो।

अब रवि नख्खुस्थित कारागार बस्नेछन्। जहाँ हालै मात्र छुटेका पूर्वमन्त्री अफताब आलम समेत लामो समय बसेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖