• Monday 26th of October 2026

रबि लामिछानेलाई लिएर भैरहवाबाट काठमाडौ तर्फ उड्यो जहाज


  • धनकुटा खबर
  • .

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ लगिएको छ।

लामिछानेलाई लिएर बुध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे मात्रै उडेको विमानस्थलले जनाएको छ। उनको सुरक्षाका लागि विशेष तयारीसहित विमानस्थल पुर्‍याइएको थियो।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका लामिछाने २०८० साल चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोकेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖