• Monday 26th of October 2026

उड्नु अघि रविले भने : अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ साउन । सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षको लागि रुपन्देही कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याईएको छ । काठमाडौं ल्याईनुअघि उनले केही सन्देश प्रवाह गरेका छन् । पार्टीका प्रवक्ता मनिष झाले लामिछानेसँग गरेको छोटो सम्वादलाई सार्वजनिक गरेका छन् ।

जसमा लामिछानेले अब कृष्ण नजन्मिने तर जन्मिएकाहरुले नै कृष्ण बन्नुपर्नेछ भनेर सन्देश प्रवाह गरेका छन् । भैरहवाबाट काठमाडौं बुद्ध एयरमार्फत लामिछानेलाई काठमाडौं ल्याईएको हो । काठमाडौं जान लागेकोबारे मनिषले सोधेको ‘काठमाडौं जानु हुदैछ, के सोच्दै हुनुहुन्छ?’ प्रश्नमा लामिछानेले भने,“पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै संग माया छ, सदभाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।’’

यस्तो छ लामिछानेसँग प्रवक्ता मनिष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले गरेको सम्वादको अंश :

आज कृष्ण जन्माष्ठमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौं उपत्यका स्थित नख्खु कारागार स्थान्तरण गरिदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए। हतारिएर, अनिश्चितताको सास फेर्दै प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर सोनिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।

विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो।

सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थान्तरणले कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन।

मैले सोधे, कति दिन भैयहवा बस्नु भयो? वहाँले भन्नु भयो १२६ दिन।

काठमाडौं जानु हुदैछ, के सोच्दै हुनुहुन्छ?

वहाँले भन्नुभयो, “पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै संग माया छ, सदभाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।“ “भैरहवाको हावापानी, यहाको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।“

“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भुमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन।“ “म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।“

“४६३ दिन पहिले एकजनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।“ “तर पनि म भयभित छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।“ सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध ग¥यो। “अब काठमाडौँमा भेटौला है“ भनेर भैरवाबाट काठमाडौँको लागि उडेको युए ८६० बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौं।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖