• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँमा एकै दिन दुई महिला मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रबार दुई जना महिलाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।

महानगरपालिका–१४ बल्खुस्थित बालुवा डिपो नजिक अन्दाजी ४५ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

सोही दिन महानगरपालिका–२६ गोंगबु मित्रनगर बबालिचोकमा रहेको कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा पनि अन्दाजी २६ वर्षीया एक युवती मृत फेला परेकी छन्।

यस्तै, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१४ खजुरेटोलस्थित सामाजिक भवनको बरन्डामा अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

तीनवटै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖