• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सुरेन्द्र मृत भेटिएको घटना रहस्यमय, २० दिनसम्म पनि हत्या वा आत्महत्या अनुसन्धानमै


  • धनकुटा खबर
  • .

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-६ घर भएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको साउन ११ गते बिहान दुल्लु नगरपालिका-११, कयलकुनास्थित छामघाट खोला किनारमा शव फेला परेको २० दिन पुगेको छ।

शव फेला परेको भोलि पल्ट अर्थात् साउन १२ गते एक जना युवतीलाई जिल्ला प्रहरी कर्यालय दैलेखले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। तर, प्रहरीले सुरेन्द्रबहादुरको हत्या भएको हो वा आत्महत्या गरेका हुन भन्ने विषयमा २० दिनदेखि अनुसन्धानमै रहेको छ।

पारिवारिक स्रोतका अनुसार नियन्त्रणमा लिएकी युवतीले बारम्बार बयान फेरिरहेकी छन्। रोजगारीका लागि ३३ महिना मलेसिया बसेर गएको असार ३२ गते नेपाल फर्किएका थिए सुरेन्द्रको घर नपुग्दै बाटोमा शव फेला परेको थियो।

यस्तै, सुरेन्द्रका आफन्तहरुले शुक्रबार दैलेख बजारमा शान्तिपूर्ण तथा दबाबमूलक धर्ना एव‌ र्‍याली निकाले प्रशासनको ध्यानकर्षण गराएका छन्। सुरेन्द्रका बुवा झक्कबहादुर शाहीले छोरा (सुरेन्द्रबहादुर)को सुनियोजित तथा रहस्यमय विभत्स हत्याकाण्डका हत्याराहरु/दोषीहरुलाई यथाशीघ्र कानूनको कठघरमा ल्याउन माग गर्दै प्रशासनलाई शान्तिपूर्ण दबाब दिएको जानकारी दिए।

सुरेन्द्रका दाइ नाता पर्ने दीपक शाहीले प्रमुख जिल्ला अधिकारीलाई घटनामा संलग्नलाई कारबाहीको माग गर्दै ध्यानकर्षण-पत्र दिइएको जानकारी दिए। यस्तै, सुरेन्द्रको पोष्टमार्टमपछि आत्महत्या नभइ हत्या भएको रिर्पोट आएको आफन्तको दाबी छ। उक्त रिर्पोट प्रहरीले नै राखेको छ।

सुरेन्द्रका आफन्तकाअनुसार नियन्त्रणमा रहेकी युवतिसँगै उनका आफन्तहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिने र छोड्ने काम प्रहरीले गरिरहेको छ। दाइ दीपकले भने, ‘प्रहरीले घटनाको बारेमा अनुसन्धान गरीरहेको जनाएको छ। जसरी पनि हामी घटनाको बारेमा अनुसन्धानबाट खुलेको अन्तिम जानकारी तपाईहरुलाई गराउछौँ भनेको छ। तर, घटनाको तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउपर्ने हाम्रो माग छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖