• Monday 26th of October 2026

देउवाका ज्योतिषीको दाबी : रवि लामिछाने झनै शक्तिशाली हुने ग्रहयोग छ, नख्खु कारागार बसाई छोटो हुन्छ


  • धनकुटा खबर
  • .

काठमाडौंं, १ भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेन्द्रचन्द्र रिजालले रास्वपाका सभापति रवि लामिछानेको नख्खु कारागार बसाई निकै छोटो हुने दाबी गरेका छन् ।

रविलाई नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय भएपछि रिजालले यस्तो दाबी गरेका हुन् । उनले रास्वपाका सभापति लामिछाने झनै शक्तिशाली हुने ग्रहयोग परेको पनि उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

नख्खु कारागारमा स्थानान्तरण गरिएको याेग नै दुर्लभ विपरीत”पाश”(कारावास) योग परेकाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने झनै शक्तिशाली हुने ग्रहयाेग परेकाे छ ।”पाश” योग नै कारावास याेग भएकाले नख्खु कारागारमा लामिछाने बसाइँ निकै छाेटाे हुने र पाटिकाे नाम समेत परिवर्तहुने संकेत देखिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖