• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुई वर्षअघि बिहे गरेकी आरती १० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा एक महिला र उनकी १० महिनाकी छोरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् ।

साउन २९ गतेदेखि बेपत्ता भएकी आमा-छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेशदत्त अवस्थीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

उनले भने, ‘शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ । अहिलेसम्म कसैले जाहेरी दिएको छैन तर हामी छानबिन गरिरहेका छौँ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा छोरीलाई झुण्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिन्छ । तर, विस्तृत घटना अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको प्रष्टोक्ति छ ।

आरती डंगौराको दुई वर्षअघि बिहे भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖