• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

परस्त्रीसँग प्रेम सम्बन्धको कारण गेष्ट हाउसमा लगेर पत्नीको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोंगबुको कञ्चन कोशी होटल एण्ड लजमा मृत भेटिएकी २७ वर्षीया ललिता बिकलाई उनकै श्रीमानले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

साउन ३० मा लजको २०१ नम्बर कोठामा गन्ध आएपछि लज सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । नुवाकोट घर भएर बुढानीलकण्ठ बस्दै आएकी ललितालाई साउन २७ मा उनका श्रीमान् सन्तोष सेन्चुरीले लजमा लगेर हत्या गरेका हुन् ।

काभ्रेको भुम्लु घर भएका सेन्चुरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । ललिताले सन्तोषसँग २ वर्षअघि विवाह गरेकी थिइन् । पछिल्लो समय उनीहरूकोबिचमा सम्बन्ध राम्रो थिएन । सन्तोष परस्त्रीसँग प्रेम सम्बन्धमा रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

परस्त्रीसँग प्रेम सम्बन्धका कारण सन्तोषले ललितालाई मानसिक र शारीरिक यातना दिन्थे । पछिल्लो समय सम्बन्ध विच्छेद गर्ने सहमति भएर दुवै जना भिन्दै बस्न थालेका थिए । साउन २७ मा सन्तोषले सम्बन्ध विच्छेदबारे अन्तिम छलफल गर्ने भन्दै ललितालाई गोंगबुको लजमा बोलाए ।

करिब ३ घण्टा लजमा सँगै बसेर उनले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मुखमा गम्छाले बाँधेर सन्तोषले पत्नीको हत्या गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताए ।

गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
हत्यापछि बक्स पलङभित्र शव व्यवस्थापन गरेर उनी होटलबाट निस्केका थिए । एसपी जिसी भन्छन्, ‘कर्तव्य गरेर कोठाको लोबेड मुनी लुकाई होटलबाट निस्केर उनी साथीकहाँ गएर बसेको देखिन्छ ।’

साउन २८ मा आरोपी आफ्नी पत्नी हराएको निवेदन बोकेर ललिताका माइतीपक्षसँगै प्रहरी वृत्त महाराजगञ्जमा पुगे । तर, शव फेला परेपछि उनी फरार भए । मृतकको शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

आइतबार सन्तोषलाई पर्साबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको एसपी जिसीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖