• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

छोरा अर्पितले कानमा लगाएको मुन्द्राले चिनियो आमा श्यामकला पाण्डे र ७ वर्षीय छोराको शव


  • धनकुटा खबर
  • .

नवलपुर । साउन २३ गतेदेखि बेपत्ता भएका कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २६ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत फेला परेका छन्।

नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा महिलाको शव भेटिएको हो। त्यहींबाट करिब ३०० मिटर पर, मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीतर्फ बालक अर्पितको शव गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुवै शवलाई मध्यबिन्दु प्रादेशिक अस्पताल, कावासोतीको शवगृहमा राखिएको छ। कालीगण्डकी गाउँपालिका–४ का वडा अध्यक्ष यादव पाण्डेका अनुसार मृतक बालक अर्पितको कानको मुन्द्रा र घाँटीको मालाबाट पहिचान गरिएको हो।

श्यामकलाको परिवार स्याङ्जाबाट कावासोति पुगिरहेको र थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्ने तयारी भइरहेको वडा अध्यक्ष पाण्डेले जानकारी दिएका छन्।

यस घटनाले गाउँभर शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖